नेप्सेमा आज सोमबार ४ अंकको सुधार

काठमाडौं ।  नेप्से परिसूचकमा आज सोमबार ४ अंकको सुधार भएको छ । गत साता १७ अंकले बढेर बन्द भएको नेप्से सोमबार  ४ अंकले बढेको हो । अघिल्लो दिनको तुलनामा बुधबार नेप्से ०.०८ प्रतिशतले बढेको हो । यससँगै समग्र नेप्से २ हजार ५ सय ९५.८१ अंकमा उक्लेको हो ।
सो दिन कारोबारमा आएकामध्ये १०५ कम्पनीको सेयर मूल्य बढ्दा १६५ वटाको घट्यो । बाँकी ७ कम्पनीको सेयर मूल्य स्थिर छ ।
सो दिन कारोबारमा आएका १३ वटै उपसमूहमध्ये बैंकिङ, विकास बैंक, जीवन बिमा र ब्यापार उपसमूहको परिसूचक घटे । बाँकी उपसमूहको परिसूचक बढेकाले समग्र नेप्सेमा ४ अंकको सुधार भएको हो ।

सोमबार कुल ४९ हजार ८ सय ९ पटकको कारोबारमा १ करोड २७ लाख १९ हजार ७ सय ३४ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ४६ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । गत शुक्रबार ४ अर्ब ८३ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।  सोमबार ४ अंकले नेप्से बढ्दा पनि १०५ वटा कम्पनीका सेयरधनीले नाफा कमाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर