भारतको उत्तराखण्डमा ५.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । पश्चिम भारतको उत्तराखण्ड केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । उक्त भूकम्पको धक्का नेपालको सुदूरपश्चिम क्षेत्रमा समेत महसुस गरिएको थियो ।

हिजो मंगलबार राति १० बजेर ३८ मिनेटमा भारतको उत्तराखण्डलाई केन्द्रबिन्दु बनाएर ५.१ म्याग्निच्युडको भूकम्प गएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । । नेपालको पश्चिमी सीमावर्ती जिल्ला दार्चुलाबाट करिब १०० किलोमिटर पश्चिम क्षेत्रमा केन्द्रबिन्दु रहेको सो भूकम्पको धक्का नेपालको सुदूरपश्चिम भेगका विभिन्न स्थानहरूमा महसुस गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर