आज देशभर मौसम सफा रहने

काठमाडौं । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँके, दाङसहित तराईका अधिकांश स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी क्षेत्रमा मौसम सफा रहने अनुमान छ।

त्यस्तै, शुक्रबार कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रसहित पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशको हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर