आज असोज २४ गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज असोज २४ गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपियाँ ४८ पैसा र बिक्रीदर १५५ रुपियाँ ०८ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७३ रुपियाँ ३२ पैसा र बिक्रीदर १७३ रुपियाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपियाँ ५५ पैसा र बिक्रीदर २०५ रुपियाँ ३५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८५ रुपियाँ ९२ पैसा र बिक्रीदर १८६ रुपियाँ ६४ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ८३ पैसा र बिक्रीदर १०८ रुपियाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपियाँ ५७ पैसा र बिक्रीदर १०८ रुपियाँ ९९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपियाँ ६८ पैसा र बिक्रीदर १२१ रुपियाँ १५ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ७६ पैसा र बिक्रीदर नौ रुपियाँ ८० पैसा, चिनियाँ युआन एकको खरिददर २३ रुपियाँ ०८ पैसा र बिक्रीदर २३ रुपियाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपियाँ १५ पैसा र बिक्रीदर ४१ रुपियाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपियाँ ४२ पैसा र बिक्रीदर ४२ रुपियाँ ५८ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ६१ पैसा र बिक्रीदर चार रुपियाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४२ रुपियाँ ०६ पैसा र बिक्रीदर ४२ रुपियाँ २३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ८२ पैसा र बिक्रीदर ३७ रुपियाँ ९६ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपियाँ ५२ पैसा र बिक्रीदर ११ रुपियाँ ५६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ५१ पैसा र बिक्रीदर १५ रुपियाँ ५७ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ १९ पैसा र बिक्रीदर २३ रुपियाँ २८ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ६९ पैसा र बिक्रीदर १९ रुपियाँ ७६ पैसा, कुवेती दिनार एकको खरिददर ५०१ रुपियाँ ३१ पैसा र बिक्रीदर ५०३ रुपियाँ २६ पैसा, बहराइन दिनार एकको खरिददर ४०९ रुपियाँ ११ पैसा बिक्रीदर ४१० रुपियाँ ७० पैसा, ओमनी रियाल एकको खरिददर ४०१ रुपियाँ २४ पैसा र बिक्रीदर ४०२ रुपियाँ ८० पैसा रहेको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
