गगन थापा कांग्रेसको सभापतिमा निर्विरोध निर्वाचित
काठमाडौं । गगनकुमार थापासंगै जारी १५ औं महाधिवेशनमा नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका नेता किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी फिर्ता लिएपछि थापा निर्विरोध निर्वाचित भएका छन् । बिशोर खड्गीले आज बुधबार आधिकारिक रूपमा आ-आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत मंगलबार भएको उम्मेदवारी मनोनयनका क्रममा सभापतिमा थापा, राठौर र खड्गीले उम्मेदवारी दर्ता गराएका थिए ।निर्वाचन कार्यक्रमअन्तर्गत बुधबार उम्मेदवारी मनोनयन फिर्ता लिने समय निर्धारण गरिएको थियो । सोही क्रममा राठौर र खड्गीले उम्मेदवारी फिर्ता लिएको कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया
