विवादपछि यसो भन्छन् सांसद श्रीराम न्यौपाने

काठमाडौं ।  चीन भ्रमणमा रहेका सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आन्तरिक रूपमा गरेको राजनीतिक कुराकानीको अडिओ सामाजिक सञ्जालमा आएपछि सुरुमा त्यो पोस्ट गर्ने सांसद श्रीराम न्यौपानेले स्पष्टीकरण दिएका छन्।

त्यस अडिओमा उनीहरू ‘कांग्रेसको आधिकारिकता सर्वोच्चले देउवालाई दिनुपर्छ, ओली र महेश बस्नेत अझ चर्को भएर आउनुपर्छ, उनीहरू चर्को हुँदा नै हामीलाई फाइदा हुन्छ, हामीले पनि काम गरेर देखाउन सक्नुपर्छ, नत्र हामीलाई पनि त्यही ठाउँमा पुर्‍याइदिन्छन्’ भनिरहेका छन्।

सांसद न्यौपानेले उक्त अडिओ विवादित बनेपछि आफ्नो सामाजिक सञ्जालबाट डिलिट गरेका थिए । चीनको भ्रमणमा रहेको रास्वपा टोलीका एक सदस्य सांसद श्रीराम न्यौपानेले शुक्रबार आफ्नो फेसबुकमा रोबोर्ट हिँडिरहेको भिडिओ राखेका थिए। जसमध्ये एउटामा रास्वपा सांसदबिच त्यस्तो कुराकानी भइरहेको कुरा पनि रेकर्ड भएको हो।

तर जनआस्थाका सम्पादक किशोर श्रेष्ठले त्यो भिडिओ तानेर आफ्नो फेसबुकमा राखिसकेका छन्। जसमा सुनिने संवाद अहिले राजनीतिक वृत्त र सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर