मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला

काठमाडौं । नेकपा एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ । भेलामा एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू सहभागी हुने प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

उनअनुसार राष्ट्रिय भेला काठमाडौंको कार्की ब्याङ्क्वेटमा हुनेछ । त्यसपछि मंसिर ४ गते बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना हुनेछ । त्यस्तै, मंसिर ५ गते पार्टी केन्द्रीय कमिटीको चौथो बैठक बस्ने आचार्यले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर