आज सोमबार सुनमा २१ सय र चाँदीमा २५ रुपैयाँ घट्यो

काठमाडौं ।  नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँ घटेर २ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो आइतबार सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ घटेर ४ हजार ४१५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस ४ हजार १८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर