एमाले र नेकपाबीच प्रदेशमा सत्ता साझेदारी
काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेशहरूमा सत्ता साझेदारीको सहमति भएको छ ।
हिजो शनिबार भएको सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको सरकारको नेतृत्व एमालेले गर्ने छ । यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने छ ।
यसअघि प्रदेशहरूमा एमाले-कांग्रेसको सत्ता साझेदारी थियो । यसअघि सुदूरपश्चिम, गण्डकी, बागमती र मधेश प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार थियो भने कर्णाली, लुम्बिनी र कोशीमा एमाले नेतृत्वमा सरकार थियो ।

प्रतिक्रिया
