एमाले र नेकपाबीच प्रदेशमा सत्ता साझेदारी

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेशहरूमा सत्ता साझेदारीको सहमति भएको छ ।

हिजो शनिबार भएको  सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको सरकारको नेतृत्व एमालेले गर्ने  छ । यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने  छ ।

यसअघि प्रदेशहरूमा एमाले-कांग्रेसको सत्ता साझेदारी थियो । यसअघि सुदूरपश्चिम, गण्डकी, बागमती र मधेश प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार थियो भने कर्णाली, लुम्बिनी र कोशीमा एमाले नेतृत्वमा सरकार थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर