ब्राजिलले जापानलाई हरायो, जर्मनी पेनाल्टी सुट आउटमा पाराग्वेसँग पराजित

काठमाडौं ।  ग्याब्रियल मार्टिनेलीले अन्तिम समयमा गरेको गोलमा ब्राजिल विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।  ह्युस्टनमा सोमबार भएको अन्तिम ३२ को प्रतिस्पर्धामा ब्राजिलले जापानलाई २–१ गोलले पराजित गर्‍यो ।

खेल अतिरिक्त समयमा अग्रसर भएको समयमा मार्टिनेलीले इन्जुरी टाइमको पाँचौं मिनेटमा ब्रुनो गुइमेरेजको पासमा निर्णायक गोल गरेका थिए । ५ पटकको विजेता ब्राजिलले क्वाटरफाइलनमा स्थान पाउन नर्वे र आइभोरी कोस्टको विजेतासँग अन्तिम १६ मा खेल्ने छ । ब्राजिलले सन् २००२ यता विश्वकपको उपाधि जित्न सकेको छैन ।

काइसु सानोले एकल प्रयासमा उत्कृष्ट गोल गर्दै जापानलाई २९ औं मिनेटमा अग्रता दिलाएका थिए । मध्यभागबाट ब्राजिली खेलाडीको खुुट्टाबाट बल लिँदै उनले एक्लै अगाडि बढाएर पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहारमा विपक्षी गोलरक्षक एलिसन बेकरलाई मौका नदिई गोल गरेका थिए ।

यसैगरी फिफा विश्वकप २०२६ को पहिलो नकआउट चरण (राउन्ड अफ ३२) मै विश्व फुटबलका दुई ठुला शक्ति राष्ट्रहरू जर्मनी र जापान पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन्। उपाधि दाबेदार मानिएका यी दुवै टोलीहरूले सोचेभन्दा निकै निराशाजनक र स्तब्ध पार्ने नतिजा आएको छ।
पेनाल्टी सुटआउटमा (जर्मनी १–१ पाराग्वे: सुटआउटमा ४–३)
पेनाल्टी सुटआउटमा अहिलेसम्म कहिल्यै नलडेको जर्मनी यसपटक पाराग्वेसँग उसकै रणनीतिमा ध्वस्त हुन पुग्यो। खेलको ४२औँ मिनेटमा पाराग्वेका जुलियो एन्सिसोले गोल गर्दै स्तब्ध पारे पनि ५३औँ मिनेटमा जर्मनीका काई हाभर्टजले गोल फर्काएर खेललाई १–१ को बराबरीमा ल्याएका थिए।
निर्धारित ९० मिनेट र एक्स्ट्रा टाइममा पनि थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलियो। सुटआउटमा जर्मनीका लागि पहिलो प्रहार गरेका काई हाभर्टज नै चुकेपछि जर्मन टोली चरम दबाबमा आयो। जर्मनीले कुल ३ वटा पेनाल्टी प्रहार मिस गरेपछि पाराग्वेले ४–३ को ऐतिहासिक जित निकालेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर