फिफाद्वारा एन्फा निलम्बित
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ । तेस्रो पक्षको हस्तक्षेपसँग जोडिएको घटनालाई कारण देखाउँदै फिफाले एन्फालाई निलम्बन गरेको हो ।
फिफाले फिफा विधानको धारा १४ को परिच्छेद १ (आई) र ३ बमोजिम, तेस्रो पक्ष (नेपाल सरकार) को हस्तक्षेपसँग सम्बन्धित फिफा विधानहरूको गम्भीर उल्लंघनका कारण एन्फालाई तत्काल लागू हुने गरी निलम्बन गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया
