विपक्षीको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं ।  प्रतिनिधिसभाको आज दोस्रो बैठक बस्दै नबसी भोलिसम्मका लागि स्थगित गरिएको छ । संघीय संसद सचिवालयले सूचना टाँस गरेर आज १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक नबस्ने जानकारी गराएको हो ।

संसद सचिवालयले विशेष कारणले आज १५ मिनेटका लागि स्थगित भएको बैठक नबस्ने जानकारी दिँदै अब अर्को बैठक जेठ २६ गते मंगलबार दिउसो १ बजे बस्ने जानकारी दिएको छ ।  यसअघि आजको बैठकमा विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।

आजको बैठक शुरु हुनासाथ विपक्षी दलहरुले प्रधानमन्त्रीले संसदमा सीमा बारे दिएको अभिव्यक्ति सच्याउनुपर्ने, संसदमा आएर माफी माग्नुपर्नेलगायतका माग राखेर अवरोध गरेका थिए ।

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानविन गरिनुपर्ने माग 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले बजेट निर्माण हुनुअघि नै करका दर हेरफेर हुन लागेको सूचना चुहावट भएको विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग जवाफ माग गरेका छन् । प्रतिनिधिसभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

करका दरको जानकारी अर्थमन्त्री बाहेक कसैलाई नहुने अवस्थामा सूचना चुहावट हुनु गम्भीर विषय भएको भन्दै शाहीले अर्थमन्त्री वाग्लेमाथि संसदीय छानविन हुनुपर्ने समेत बताए । उनले करका दर परिवर्तन हुने सूचना चुहावटकै आधारमा ७५६ वटा गाडी केरला नाकाबाट नेपाल भित्रिएको समेत जिकिर गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर