नेविसङ्घको अध्यक्षमा करूणा कटुवाल मनोनित
काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेविसङ्घको अध्यक्षमा करूणा कटुवाल मनोनित हुनुभएको छ ।
कांग्रेस सभापति गगन थापाले सोमबार धनकुटाकी कटुवाललाई नेविसङ्घ अध्यक्षको जिम्मेवारी दिनुभएको हो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०८३ वैशाख २१ गते सम्पन्न बैठकको निर्णय बमोजिम सभापति थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वत: विघटन भएको सङ्घको अध्यक्षमा कटुवाललाई मनोनित गरिएको हो ।
अध्यक्ष कटुवाललाई तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न ११ बुँदे कार्यादेश र कार्यविवरणसहित जिम्मेवारी प्रदान गरिएको विज्ञप्तीमा उल्लेख छ ।
प्रतिक्रिया
