नेविसङ्घको अध्यक्षमा करूणा कटुवाल मनोनित

काठमाडौं ।  नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेविसङ्घको अध्यक्षमा करूणा कटुवाल मनोनित हुनुभएको छ ।

कांग्रेस सभापति गगन थापाले सोमबार धनकुटाकी कटुवाललाई नेविसङ्घ अध्यक्षको जिम्मेवारी दिनुभएको हो ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०८३ वैशाख २१ गते सम्पन्न बैठकको निर्णय बमोजिम सभापति थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वत: विघटन भएको सङ्घको अध्यक्षमा कटुवाललाई मनोनित गरिएको हो ।

अध्यक्ष कटुवाललाई तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न ११ बुँदे कार्यादेश र कार्यविवरणसहित जिम्मेवारी प्रदान गरिएको विज्ञप्तीमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर