सुदूरपश्चिममा ‘अर्णव’ प्रभाव : डराउनु पर्दैन

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आउन सक्ने विपत् जोखिम न्यूनीकरणका लागि प्रदेश सरकार तयारी अवस्थामा रहेको र यसबारे निरन्तर सूचना प्रवाह गरिनुका साथै सम्पूर्ण युनिटलाई तयारी अवस्थामा राखिएको बङ्गालको खाडीमा विकसित शक्तिशाली अर्णव चक्रवातको प्रभावले सुदूरपश्चिम प्रदेशमा केही प्रभाव देखिए पनि डराउनुपर्ने अवस्था नरहेको जल तथा मौसम विज्ञान कार्यालयले जनाएको छ ।  सुदूरपश्चिम प्रवेश गर्दासम्म शक्तिशाली चक्रवात न्यूनचापीय क्षेत्रमा परिणत हुने सम्भावना रहेकाले प्रदेशमा यसको प्रभाव कम हुने देखिएको हो । चक्रवातको प्रभावका कारण सिमसिमे पानी भने पर्ने जल तथा मौसम विज्ञान कार्यालय महाकाली बेसिन अत्तरियाका प्रमुख इन्जिनियर सञ्जयकुमार शाहले बताउनुभयो ।

उहाँका अनुसार चक्रवात आउँदाआउँदै न्यूनचापीय क्षेत्रमा परिणत हुँदै कमजोर हुने सम्भावना देखिन्छ । यसले गर्दा बिहीबार रातिबाट सिमसिमे पानी परे पनि खोलानालामा बाढी आउने सम्भावना भने देखिँदैन तर पहिरो र हिमपातको जोखिम रहेका कारण सतर्क रहन भने जरुरी छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार ‘अर्णव’ चक्रवातका कारण सुदूरपश्चिम प्रदेशमा शुक्रबार र शनिबार दार्चुला, बझाङ र बाजुरामा भने हिमपातको सम्भावना रहेको छ । हिमपातका कारण चिसो अत्यधिक बढ्ने भएका कारण यी तिनै जिल्लालाई सुन्तला रङले सङ्केत गरी सतर्क रहन आग्रह गरिएको छ । यस्तै तराईका कैलाली, कञ्चनपुर र पहाडी जिल्ला डोटी, अछाम, डडेलधुरा तथा बैतडीलाई पहेँलो रङले सङ्केत गरिएको छ । यी जिल्लालाई भने अद्यावधिक रहन आग्रह गरिएको छ ।  चक्रवातको प्रभावले गर्दा प्रदेशको हिमाली क्षेत्रमा हिमपात हुने र त्यसले गर्दा जनजीवन प्रभावित हुन सक्ने भएकाले तीन जिल्लालाई सतर्कताको सूचीमा राखिएको इन्जिनियर साहको भनाइ छ । ‘अर्णव’ चक्रवातको प्रभावका कारण सुदूरपश्चिम प्रदेशमा उत्पन्न हुन सक्ने विपत् जोखिम न्यूनीकरणका लागि प्रदेश सरकार तयारी अवस्थामा रहेको छ ।

यसबारे निरन्तर सूचना प्रवाह गरिनुका साथै हुन सक्ने जोखिम न्यूनीकरणका लागि सम्पूर्ण युनिटलाई तयारी अवस्थामा राखेको आन्तरिक मामिला तथा कानुनमन्त्री खुसीराम डगौरा थारूले बताउनुभयो । उहाँका अनुसार सरकारले पूर्ण रूपमा तयारी गरेको छ । सम्पूर्ण जिल्लाका सरोकारवाला निकायलाई सतर्क रहनका लागि निरन्तर सूचना प्रवाह भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर