मधेश सरकारबाट नेकपा एमाले बाहिरिए

काठमाडौं ।  मधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । आज शुक्रबार एमालेबाट सरकारमा सहभागी चार जना मन्त्रीले एकैपटक राजीनामा दिएका हुन् । मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई उनीहरुले राजीनामा बुझाएका छन् ।

एमालेबाट सरकारमा सहभागी भएका श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याण मन्त्री लखनदास, भौतिक पूर्वाधार विकास मन्त्री मोहम्मद समिर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले मुख्यमन्त्री यादवसमक्ष आ–आफ्नो राजीनामा पत्र बुझाएका हुन् । योसँगै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर