कञ्चनपुरमा किशोरमाथि जंगलमा कुटपिट, भिडियो सार्वजनिक भएपछि पाँच जना पक्राउ
कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा एक किशोरलाई जंगलमा लगेर खुकुरी देखाउँदै कुटपिट गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
बेलौरी नगरपालिका–९ रतनपुरका १६ वर्षीय किशोरमाथि भएको कुटपिटको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार असोज २३ गते साँझ किशोरलाई स्थानीय खजुवा जंगलमा पुर्याएर धारिलो हतियार देखाउँदै धम्की दिइएको र कुटपिट गरिएको थियो।
पक्राउ पर्नेमा सोही वडाका २१ वर्षीय आशिष बिष्ट, १९ वर्षीय दिलिप भट्ट, २१ वर्षीय शंकर सुनार, २३ वर्षीय सुजित अधिकारी र २२ वर्षीय मिलन तिरुवा छन्।
प्रतिक्रिया
