सिन्धुलीमा टाटा सुमो दुर्घटना, तीनको मृत्यु, तीन जना बेपत्ता
काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका –६ स्थित नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको ‘टाटा सुमो’ गति अनियन्त्रित भई आज विहान सुनकोशी नदीमा खसेर दुर्घटना हुँदा सुमोका चालकसहित तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । सो सवारी साधानमा १० जना यात्रु रहेका जनाइएको छ ।
तीन जना बेपत्ता र चार जनाको उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य सस्था घुर्मीतर्फ पठाइएको छ ।
प्रतिक्रिया
