दसैंपछि आज सोमबार खुलेको सेयर बजारमा गिरावट

काठमाडौं  । दसैंपछि आज सोमबार खुलेको सेयर बजारमा गिरावट आएको छ।  आज नेप्से परिसूचक ४.३४ अंकले घटेर २६२९.८२  विन्दुमा रहेको छ। आज ३४१ वटा स्क्रिप्सको १ करोड ३ लाख  ४३ हजार ७०९ कित्ता सेयर ४ अर्ब २४ लाख १ हजार १६८ रुपैयाँमा खरिदबिक्री भए।

आज एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बेनी हाइड्रोपावर प्रोजेक्टको सेयर १४.९९ प्रतिशतले बढ्यो। माथिल्लो मैलुन खोला जलविद्युतको सेयर ५.८१ प्रतिशतले बढ्दा सोनापुर मिनरल्स एण्ड ओइलको ५.०७,सगरमाथा जलविद्युत कम्पनीकोको ४.७२ र घोराही सिमेन्ट इन्डस्ट्रिजको सेयर ४.४७ प्रतिशतले बढ्यो।  यसदिन चिरख्वा हाइड्रोपावरको सेयर सर्वाधिक ७.९२ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। सो हाइड्रोले २३ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो। शिवम् सिमेन्टले २० करोडको कारोबार गर्दा माउन्टेन इनर्जी नेपालले १७ करोड,ग्रीन भेन्चर्स लिमिटेडर र हिमालयन डिस्टिलरीले १५/ १५ करोडको सेयर कारोबार गर्‍यो।

आज  ९९ वटा स्टक्सको मूल्य बढ्दा १७१ वटाको घट्यो। बाँकी ६ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। चारवटा समूहको उपसूचक बढ्दा बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिएका छन्।  हाइड्रोपावर,मनु एण्ड प्रो,म्युचुअल फण्ड र ट्रेडिङ समूहको उपसूचक सकारात्मक हुँदा बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर