आज सोमबार सुनचाँदीको मूल्य वृद्धि
काठमाडौं । नेपाली बजारमा आइतबारको तुलनामा आज सोमबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यको प्रभाव स्थानीय बजारमा पर्न जाने सुन व्यापारीहरूको अनुमानभन्दा आजको मूल्यवृद्धि फरक पर्न गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो आइतबार छापावाल सुन तोलाको २ लाख ७८ हजार ५ सय रहेकोमा आज सोमबार २ लाख ८१ हजार ५ सय रुपैयाँ पुगेको छ । यसरी हिजोको तुलनामा आज सुन प्रति तोला ३ हजार रुपैयाँ महँगो भएको छ ।
यस्तै, आज सोमबार नेपाली बजारमा चाँदी एक तोलाको मूल्य पनि महँगिएको छ । हिजो आइतबार एक तोला चाँदीको ३ हजार ९ सय ५५ रुपैयाँ रहेकोमा आज चाँदी प्रति तोलाको ३ हजार ९ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । यसरी हिजोको तुलनामा आज चाँदी एक तोलामा ४० रुपैयाँ वृद्धि भएको छ ।
प्रतिक्रिया
