दशैंपछि सुनको भाउ सस्तो हुँदै
काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार सात सय रुपियाँले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । दसैँ बिदाअघि गत सोमबार प्रतितोला दुुई लाख ९० हजार दुुई सय रुपियाँ रहेको सुनको मूल्य घटेर आइतबार दुई लाख ७८ हजार पाँच सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सेयर बजारमा देखिएको बिक्री चाप, कच्चा तेलको मूल्यवृद्धि र अमेरिकी ब्याजदरको दबाबलगायतका कारण सुनको मूल्य घट्न थालेको हो ।सुुनचाँदी व्यवसायी तेजरत्न शाक्यले रुसलगायतका ठुुुला देशले सुुन बिक्री गर्न ल्याएपछि मूूल्य घट्न थालेको जानकारी दिनुुभयो ।
कच्चा तेल र डलरको मूूल्य बढ्दै गएकाले अन्तर्राष्ट्रिय बजारमा अस्थिरता आएकाले आगामी दिनमा थप मूूल्य घट्ने देखिएको उहाँको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूूल्य प्रतिऔँस तीन हजार पाँच सय डलरमा झर्ने अनुुमान गरिएको छ,” शाक्यले भन्नुुभयो, “त्यतिबेला स्थानीय बजारमा सुनको मूूल्य तोलामा दुुई लाख ५० हजार रुपियाँसम्म झर्न सक्छ ।”
एक साताको अवधिमा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुनको मूूल्य १८४ अमेरिकी अमेरिकी डलरले घटेको छ । एक साताअघि प्रतिऔँस चार हजार १७८ अमेरिकी डलर रहेको सुनको मूल्य घटेर घटेर आइतबार तीन हजार ९९६ डलरमा झरेको छ ।
यस्तै चाँदीको मूूल्य प्रतितोला २३० रुपियाँले घटेको छ । गत सोमबार चार हजार १८५ रुपियाँमा कारोबार भएको चाँदीको मूूल्य आइतबार घटेर तीन हजार ९५५ रुपियाँमा झरेको महासङ्घले जनाएको छ ।
एक महिनाअघि प्रतितोला तीन लाख १५ हजार रुपियाँ रहेको सुनको मूल्य पछिल्लो समय निरन्तर घट्दै गएको छ । २०८२ माघ १५ मा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस पाँच हजार ९९५ अमेरिकी डलर पुुगेको थियो । त्यतिबेला स्थानीय बजारमा सुनको मूूल्य तोलामा तीन लाख ३९ हजार रुपियाँसम्म पुुगेको थियो । त्यसयता अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस एक हजार छ सय डलरले घटेको छ ।
यस्तै गत माघमा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस ८० अमेरिकी डलर पुुगेको चाँदीको मूूल्य अहिले घटेर प्रतिऔँस ५३ डलरमा झरेको छ । त्यसयता प्रतितोला सात हजार रुपियाँ पुुगेको चाँदीको मूूल्य घटेर चार हजारनजिक झरेको छ । सुुनचाँदीको मूूल्य घटे पनि स्थानीय बजारमा कारोबार बढ्न नसकेको व्यवसायीको भनाइ छ । दसैँका कारण अधिकांश यस्ता पसल बन्द थिए । आइतबारदेखि बजार पसल खुुलेका छन् ।
