मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) उद्योग व्यापारबाट लाभ मिल्नेछ । सामाजिक दायित्व बढ्नेछ। भूमि वाहन वा पैत्रृक सम्पत्तिबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा बोली प्रभावकारी रहनेछ। मित्रताको बन्धन प्रगाढ रहनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक २ रहेको छ।
वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) शुभचिन्तकहरूको सहयोगले कार्यक्षेत्रमा बिग्रेको काम सप्रिनेछ। धर्म संघ वा संस्थामा सम्मलित हुन पाइएला। दायित्वको निर्वहनमा आफ्नो कुरालाई मात्र माथि राख्ने कोशिस नगर्नुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।
मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आवेगमा आएर कुनैपनि कार्य नगर्नु नै उत्तम रहेको छ। आर्थिक उन्नतिमा बाधा आउनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। सकारात्मक ऊर्जाले मनोबल उच्च रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।
कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सोचेका कार्यहरूबाट लाभ मिल्नेछ। आकस्मिक धन लाभका योग छन्। धार्मिक व्यक्तिहरूबाट सहयोग मिल्नेछ। नयाँ कार्य प्रारम्भ गर्ने समय रहेको छ। परिवारमा स्वास्थ्य प्रति चिन्ता रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा कठिन मेहनत पश्चात सफलता हात लाग्नेछ। पिताको तर्फबाट कार्यभार मिल्नेछ। नोकरी वा पेशामा लाभांश बढ्नाले दैनिक जीवनमा परिवर्तन आउनेछ। विद्यार्थीहरूको आत्मविश्वासमा वृद्धि हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।
कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। कार्यक्षेत्रमा शत्रु हावी भएपनि नोक्सान पुर्याउन नसक्लान्। विद्यार्थीहरूको परीक्षामा राम्रो परिणाम आउनाले मन प्रसन्न रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।
तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) साथीभाइको संयुक्त प्रयासबाट कुनै ठुलो काम सम्पन्न गर्न सकिनेछ। लामो समयदेखि रोकिएको आर्थिक योजनाहरूले गति लिनेछन्। आफ्नो स्वास्थ्यलाई प्राथमिकतामा राखेर समय मिलाउनुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।
वृश्चिक: (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पहिला गरिएको कार्यबाट प्रशस्त लाभ मिल्नेछ। बुद्धिको उपयोग लक्ष्य प्राप्ति गर्नमा सहायक सिद्ध हुनेछ। समस्या दर्शाउँदा अभिभावक वा शुभचिन्तकहरूको साथ मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछाडि परिएला। अरुको व्यवहारले शंका उब्जाए पनि परिवारबाट साथ मिल्नेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
मकर : (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) जिम्मेवारी थपिए पनि सहयोगीहरूबाट सहयोग मिल्नाले कार्य समयमा सम्पादन हुनेछ। व्यापार व्यवसायमा सोचेजस्तो धनलाभ हुनेछ। प्रतिस्पर्धीहरूलाई कमजोर नठान्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सानो प्रयत्नले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ। संगीत र कलाको क्षेत्रमा विशेष सफलता मिल्नेछ। चलचित्रको क्षेत्रमा प्रशांसकहरू बढ्नेछन्। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ३ रहेको छ।
मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) तारिफ योग्य कार्यले समाजमा प्रतिष्ठा दिलाउनेछ। बिछोडिएका आफन्तहरूसँग भेटघाट होला। रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको प्राप्ति होला। दिन उत्तम रहनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ३ रहेको छ।