कांग्रेस महिला खुलामा वासना थापाको अग्रता, विनिता खड्का सातौँ स्थानमा
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिला खुला) तर्फको मतगणनामा वासना थापाले सर्वाधिक मतसहित अग्रता लिएकी छन्।
१५ पदका लागि भइरहेको निर्वाचनमा थापाले ३ हजार ४८४ मत प्राप्त गरेकी छन्। उनीपछि उर्मिला थपलिया २ हजार ६४७ र निमा गिरी २ हजार ६२० मतसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।
चर्चामा रहेकी विनिता खड्का १ हजार ८९२ मतसहित सातौँ स्थानमा रहेकी छन्। पछिल्लो मतपरिणामअनुसार महिला खुलातर्फ १५ उम्मेदवार अगाडि रहेका छन्।
प्रतिक्रिया
