बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

काठमाडौं ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जंगलमा थप दुईवटा ‘ओभरहेड क्यानोपी ब्रिज’ (बाँदर वारपार गर्ने आकासे झोलुंगे पुल) निर्माण गरिने भएको छ ।

एसियाली राजमार्ग मापदण्डअनुसार, चार लेनमा विस्तार भएको यस खण्डको कावासोती र लाकाहा बीचको जंगल तथा चोरमारा र अरुणखोला बीचको जंगलमा दुईवटा ओभरहेड क्यानोपी ब्रिज निर्माण गर्ने तयारी भइरहेको छ ।

नारायणघाट–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार, बाँदरका कारण राजमार्गमा दुर्घटना बढ्दै गएपछि बाँदरलाई बाटो काट्नका लागि ओभरहेड क्यानोपी ब्रिज निर्माण गर्न लागिएको हो ।

“पहाडी क्षेत्रबाट तराईतर्फ बाँदर आउन थालेपछि राजमार्गमा दुर्घटना बढ्दै गएको छ”, सूचना अधिकारी खनालले भने, “राजमार्गमा बाँदरहरूले बाटो काट्दा हुने दुर्घटनाबाट मानिसको समेत मृत्यु भएकाले दुर्घटना न्यूनीकरणका लागि यो पुल निर्माण गर्न लागिएको हो ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर