आज सोमबार पनि सुनको भाउ घट्यो
काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको भाउ तोलामा एक हजार एक सय रूपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६९ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ।
आइतबार सुन प्रतितोला दुई लाख ७० हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ।आइतबार प्रतितोला तीन हजार ६ सय रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार पाँच सय २० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतिोला ८० रूपैयाँ घटेको हो।
प्रतिक्रिया
