आज सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार (कात्तिक २९ गते) नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य प्रति तोला १ हजार ५०० रुपैयाँ र चाँदीको १०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रति तोला २ लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि आज प्रति तोला १०० रुपैयाँले घटेर ३ हजार ६०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर