एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि बस्दैछ। केन्द्रीय कमिटी बैठक आजदेखि ७ गतेसम्म ललितपुरको भैँसेपाटीमा बस्दै छ।

हिजो आइतबार बसेको सचिवालय बैठकले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गर्दै आजको केन्द्रीय कमिटी बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने प्रस्ताव पेश गर्ने निर्णय गरेको छ। एमालेको १०औँ सचिवालय बैठकले कार्यदलले तयार पारेको प्रतिवेदनलाई पनि अनुमोदन गरेको छ।

उपाध्यक्ष तथा कार्यदलका संयोजक रामबहादुर थापा र महासचिव पोखरेलले तयार पारेका प्रतिवेदनलाई एकीकृत गरी अन्तिम रूप दिइएको हो। प्रतिवेदनमा रहेको ‘तत्काल पुनर्गठन’ भन्ने शब्द भने हटाइएको बताइएको छ। केन्द्रीय कमिटी बैठकले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक आयोजना गर्नेलगायत सचिवालयबाट प्रस्तावित विषयमा छलफल गर्ने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर