एन्फा कार्यालयमा सीआईबीको छापा

काठमाडौं । नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को कार्यालयमा छापा मारेको छ । सीआईबीको टोलीले आज एन्फा कार्यालय सातदोबाटो ललितपुरमा छापा मारेको हो ।

अनुसन्धानका लागि आवश्यक पर्ने कागजात नियन्त्रणमा लिएको सीआईबीले जनाएको छ । आर्थिक अनियमिततालगायतका विषयमा एन्फामाथि उजुरी परेको र अनुसन्धान गरिरहेकाे सीआईबीकाे भनाइ छ । अहिले एन्फा निलम्बनमा रहेकाे छ । तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले नेपाललाई निलम्बनमा राखेको हाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर