बालेन सरकार लामो समय नटिक्ने ओलीको दावी

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार लामो समय नटिक्ने दाबी गरेका छन् । आइतबार एमाले पार्टी कार्यालयमा छापा माध्यमका पत्रकारको ज्ञापन पत्र बुझ्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको कदम प्रतिगामी र स्वतन्त्रता विरोधी भएको टिप्पणी गरे ।

उनले एमाले स्वतन्त्रताका निम्ति लड्दै आएको पार्टी भएकाले अझै पनि त्यसका लागि सङ्घर्ष नछाड्ने बताए । ओलीले स्वतन्त्रताको लडाई अझै नसकिएको भन्दै त्यसको परास्त गर्न लागिरहनु पर्नेमा जोड दिए ।

‘हाम्रो सङ्घर्ष कहिले कहिले धिमा गतिमा चलेको होला, एकछिन अधिनायकवादले रोकेको होला । अहिले फेरि रोक्ने कोसिस भइरहेको छ,’ उनले भने । ओलीले अबको प्रतिगामी र स्वतन्त्रता विरोधी कदम लामो समयका लागि टिक्न नसक्ने भन्दै राणा र शाही शासनको उदाहरणसमेत दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर