मन्त्रालयमा झुण्ड्याइयो पृथ्वीनारायण शाह तस्बिर

काठमाडौं । गणतन्त्र स्थापनापछि सरकारी कार्यालयमा पूर्वराजाको तस्बिर राख्ने प्रचलन हराइसकेको अवस्थामा गृहमन्त्री सुधन गुरुङले आफ्नो कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्बिर राखेका छन्।

गृहमन्त्री गुरुङको कार्यकक्षमा पूर्वराजा पृथ्वीनारायण शाहको तस्बिरसँगै जेन–जी आन्दोलनका क्रममा रगत लतपतिएको जुत्ताको तस्बिर पनि राखिएको छ। कार्यकक्षको अर्को भागमा भने राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राखिएको छ।

गणतन्त्र स्थापना भएपछि पूर्वराजा तथा राजपरिवारसँग जोडिएका तस्बिर हटाउने र उनीहरूको नाममा रहेका विभिन्न संरचना तथा स्थानको नाम परिवर्तन गर्ने अभियान नै चलेको थियो। तर, अहिले गृहमन्त्री गुरुङको कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्बिर राखिएपछि यो विषय चर्चामा आएको छ।

नेपाली सेनाले भने पृथ्वीनारायण शाहलाई ‘राष्ट्र निर्माता’ का रूपमा सम्मान गर्दै उनको तस्बिर राख्दै आएको छ। प्रधानसेनापतिको कार्यकक्षदेखि सेनाका विभिन्न अडिटोरियम हलसम्म पृथ्वीनारायण शाहको तस्बिर देखिन्छ। अन्य सरकारी निकाय तथा संस्थामा भने यसरी पूर्वराजाको तस्बिर राखिएको थिएन । यतिबेला गृहमन्त्रीको कार्यकक्षमा भने उक्त तस्बिर देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर