बालेन सरकारको प्रभाव र विश्वास घट्दै गएको अमरेश सिंहको दावी
काठमाडौं । रास्वपाका सांसद अमरेशकुमार सिंहले सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै समाजमा अराजकता बढेको बताए ।
उनले भने, ‘यो हाम्रो समाज कता गइरहेको छ ? बारा र सप्तरीको दुईटा घटनालाई मात्रै हेर्न मिल्दैन । हाम्रो सरकार बनेदेखि कप्तानगन्जको घटना होस्, धार्मिक सामाजिक सद्भाव होस् या मिटरब्याज, लघुवित्त पीडित, डाक्टरको होस् । दिनका दिन भइरहेको यसले के देखाउँछ कि हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ ।’
अराजकता, अस्थिरता, हत्या, हिंसा, बलात्कार, विभिन्न किसिमका आन्दोलनले नेपाली जनतालाई दुःख दिइरहेको उनले बताए । सिंहले थपे, ‘जब समाजमा बेथिति हुन्छ, जब विश्वास र भरोसा उठ्छ, त्यो समाजमा अपराध बढ्छ । यसलाई राम्रो छलफलको आवश्यकता छ।’
प्रतिक्रिया
