घण्टी पार्टीमा बढ्दो असन्तोष, किन रिसाइन आशिका !
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले बेवारिसे लास ल्याउने विषयमा प्रश्न सोध्न नदिएको भन्दै आपत्ति जनाएकी छन् ।
सामाजिक सञ्जालमार्फत उनले परराष्ट्रमन्त्री प्रश्नोत्तरका लागि रोस्ट्रममा उभिएको अवस्थामा बेवारिसे लास ल्याउने विषयमा मन्त्रीले आनाकानीपूर्ण जवाफ दिएपछि आफूले थप प्रश्न सोध्न नपाएको बताएकी हुन् ।
‘परराष्ट्र मन्त्री रोस्ट्रममा उभिएर प्रश्नोत्तर गर्न भनेर, बेवारिसे लास ल्याउने विषयमा मन्त्रीले उहीँ आनाकानी जवाफ दिएपछि मैले प्रश्न सोध्न नपाउने यो कस्तो सदन हो ?’ उनले लेखेकी छन् ।
उनले बेवारिसे लासको नाममा १५ करोड रुपैयाँ बजेट छुट्याइएको विषयमा समेत प्रश्न उठाएकी छन् । ‘किन बेवारिसे लासको नाममा छुट्टाएको १५ करोड बजेट ?’ उनले प्रश्न गरेकी छन् ।
प्रतिक्रिया
