भाद्र ५ मा रास्वपाको केन्द्रीय बैठक बस्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठक बोलाएका छन् ।
रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा आगामी भदौ ५ गते केन्द्रीय समिति बैठक बस्ने भएको हो । बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयनसम्बन्धी प्रस्ताव पेस गरी पारित गर्ने तयारी गरिएको छ ।
रास्वपामा एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष मनोनयन गर्न बाँकी छ । साथै रास्वपाका सांसदहरूको अमर्यादित व्यवहारका सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।
प्रतिक्रिया
