अनिल टप एन्ड टी–२० सिरिजको कप्तान, कुशल अब ‘ए’ मा

काठमाडौंं । अस्ट्रेलियामा अगस्ट २१ देखि ३० तारिखसम्म हुने एनटी टप एन्ड टी–२० क्रिकेट सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ ।

यस प्रतियोगितामा नेपालको ‘ए’ टोलीले प्रतिस्पर्धा गर्नेछ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले अनिल शाहको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । क्यानले एकदिवसीय टोलीमा नराखेको कुशल भुर्तेललाई पनि ‘ए’ टोलीमा समावेश गरेको छ ।

टोली अनिल र कुशलसहित लोकेश बम, तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, रासिद खान, नारायण जोशी, आकाश चन्द, शाहब आलम, बिपिन खत्री, युवराज खत्री र रिजन ढकाल हुनुहुन्छ ।

आयोजक अस्ट्रेलियाले यसअघि नै प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिसकेको छ । नेपालले लिगमा ६ वटा खेलहरु खेल्नेछ । तालिका अनुसार नेपालले पहिलो खेल अगस्ट २१ मा आयोजक एनटी स्ट्राइकसँग परेको छ ।

यस्तै नेपालले दोस्रो खेल २२ तारिख बङ्गलादेश हाइ–परफर्मेन्स, तेस्रो खेल २४ तारिख हरिकेन्स, चौथो खेल २६ तारिख एसीटी कमेट्स, पाँचौँ खेल किङ्समेन र छैटौँ खेल भिक्टोरियासँग खेल्नेछ । नेपालले अघिल्लो संस्करणमा पनि यस प्रतियोगिता खेलेको थियो । जसमा नेपालले खेलेको ६ खेलमा दुई जित र चार हार खेपेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर