एसियाड महिला भलिबल टोलीको घोषणा

काठमाडौं । जापानको आइची-नागोयामा असोज ३ गतेदेखि सुरु हुने २०औँ एसियाली खेलकुद (एीसयाड) का लागि नेपाली महिला राष्ट्रिय भलिबल टोलीको घोषणा भएको छ । टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले तयारीमा रहेका खेलाडीबाट अन्तिम १२ सदस्यीय खेलाडीको नामावली सार्वजनिक गर्नुभएको हो ।

निरुता ठगुन्नाको कप्तानीमा रहेको नेपाली टोलीमा उषा भण्डारी, सलिना श्रेष्ठ, सुमित्रा रेग्मी, प्रगती नाथ, लक्ष्मी चन्द, रिमा कुँवर, सलिना बुढामगर, सुनिता खत्री, बसन्ती कुमारी साउद, मिना सुनार र आरती सुवेदी हुनुहुन्छ । एसियाली खेलकुदमा नेपालबाट विभिन्न २२ खेलमा ८० पुरुष र ५६ महिला गरी एक सय ३६ खेलाडी सहभागी हुने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर