मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई भक्तपुरको निवासस्थान निकोसिराबाट हिजो आइतबार पक्राउ गरेको हो ।

भक्तपुरका एसपी सूर्य खड्का नेतृत्वको प्रहरी टोलीले प्रसाईंलाई पक्राउ गरेर अहिले प्रहरी परिसर भक्तपुरमा राखिएको छ । प्रसाईंले आइतबार दिउँसो पत्रकार सम्मेलन आयोजना गरेर वर्तमान स्थापना पक्षका विरुद्ध आन्दोलन गर्ने घोषणा गरेका थिए । प्रसाईं यसअघि पनि पटक पटक पक्राउ पर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर