राजनीति जनसेवाको प्रमुख माध्यम बनाउन गगन थापाको आग्रह

काठमाडौं ।  नेपाली कांग्रेस सभापति गगनकुमार थापाले राजनीतिलाई सत्ता र शक्तिको सीमित घेराबाट बाहिर निकालेर जनसेवा र मानव सेवाको प्रमुख माध्यम बनाउनुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजित कार्यक्रममा उनले राजनीतिमा बढ्दै गएको पद, प्रतिष्ठा र शक्तिको मोहप्रति चिन्ता व्यक्त गरे ।

सभापति थापाले कांग्रेसका संस्थापक नेताहरूले सत्ता वा शक्तिको आकांक्षाले नभई नागरिक सेवाको भावनाले पार्टी स्थापना गरेको स्मरण गरे । बदलिँदो समयसँगै पार्टीसामु नयाँ चुनौती र विषय थपिएको उल्लेख गर्दै उनले सांगठनिक सुदृढीकरणसँगै नीतिगत स्पष्टता आवश्यक रहेको बताए । उनले पार्टीका नियमित संगठनात्मक गतिविधिसँगै वैचारिक, सामाजिक र प्रशिक्षणमूलक कार्यक्रमलाई पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।

उनले नागरिक र मानव सेवाका लागि सत्ता तथा शक्तिलाई साधनका रूपमा प्रयोग गर्नुपर्ने भए पनि अहिले कतिपय अवस्थामा राजनीति केवल सत्ता प्राप्तिको माध्यम बन्दै गएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर