नेदरल्यान्ड्सविरुद्धको खेलमा सन्दीप लामिछाने बेन्चमा
काठमाडौं । नेदरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलाको चौथो तथा अन्तिम खेलमा अहिले नेपाल घरेलु टोली नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । आजको खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेलाई बेन्चमा राखिएको छ ।
नेपालको प्लेइङ–११ मा सन्दीप लामिछाने बेन्चमा हुँदा हेमन्त धामीले स्थान पाउनुभएको छ । आजको खेलमा सन्दीपसँगै सोमपाल कामीलाईसमेत बेन्चमा राखिएको छ ।
नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाली टोलीको प्लेइङ ११ को कप्तानको जिम्मेवारी रोहित पौडेलले सम्हाल्नुभएको छ भने उपकप्तानमा दीपेन्द्रसिंह ऐरी रहनुभएको छ। विकेटकिपरको भूमिकामा आसिफ शेख रहने हुनुभएको छ। रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल भुर्तेल,भीम सार्की, ईशान पाण्डे, आरिफ शेख, गुल्शन झा, करण केसी, हेमन्त धामी र ललित राजवंशी छन् ।
