नागढुंगा सुरुङ मार्ग, ओलीलाई दुःख नमनाउन ज्ञानेन्द्र शाहीको सल्लाह
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नागढुंगा सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइएको विषयमा दुःख मान्नुपर्ने कुनै कारण नरहेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत शाहीले लेखेका छन्, ‘नागढुंगा सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइयो भनेर अहिले निकै चर्चा भइरहेको छ । यसमा दुःख मान्नुपर्ने कुनै कारण छैन । हिजो तिमीहरूले राजाको इतिहास मेटायौ, आज अरूले तिमीहरूको इतिहास मेटाइदिए ।’
‘इतिहास मेटाउनेहरूले सधैँ सम्झनुपर्छ– आज अरूको इतिहास मेटाउने पालो तपाईंको होला, तर भोलि तपाईंको इतिहास मेटाउने अर्को कोही तयार भएर बसेको हुन सक्छ’, उनले लेखेका छन् ।
प्रतिक्रिया
