एसियन गेम्स : नेपालको प्रतिद्वन्द्वी जापान र अफगानिस्तान
काठमाडौं । जापानमा आयोजना हुने आसन्न २०औँ एसियन गेम्समा नेपालको पुरुष क्रिकेट टोलीले समूह ‘ए’ बाट प्रतिस्पर्धा गर्नेभएको छ । आयोजकले बिहीबार गरेको समूह विभाजन अनुसार नेपाल समूह ‘ए’ मा परेको हो । यस समूहमा नेपालसहित आयोजक जापान र अफगानिस्तान रहेको छ । यस्तै समूह ‘बी’ मा हङकङ, मलेसिया र ओमान छन् ।
भारत, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान सोझै क्वार्टरफाइनलमा स्थान पाएका छन् । समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् । क्वार्टरफाइनलमा पुगेमा नेपालले भारत र पाकिस्तान जस्तो बलियो टोलीसँग खेल्ने मौका पाउनेछ ।
यसअघि चीनमा भएको १९औँ एसियन गेम्समा नेपालले क्वार्टरफाइनलमा भारतसँग खेल्न पाएको थियो । उक्त खेलमा नेपाल पराजित भएको थियो । एसियन गेम्सका खेलहरु टी–२० ढाँचामा हुनेछ ।
प्रतिक्रिया
