स्पेनको अगाडि मेस्सीको कुनै जादू वा चमत्कार चलेन

काठमाडौं। फिफा विश्वकप २०२६ को उपाधि स्पेनले जितेको छ। हिजो आइतबार राति अमेरिकामा खेलमा अर्जेन्टिनालाई १–० ले हराउँदै स्पेन दोस्रोपटक च्याम्पियन बनेको हो।

स्पेनको जितमा फेरान टोरेसले निर्णायक गोल गरे। उनले खेलको अतिरिक्त समयमा १०६ औं मिनेटमा गोल गर्दै स्पेनलाई उपाधि दिलाए। निर्धारित समयसम्म गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। इन्जुरी समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड खाएपछि रातो कार्डसहित उनी मैदानबाट बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा समेटिएको थियो।

स्पेनका खेलाडीहरूको सुझबुझपूर्ण खेलका अगाडि अर्जेन्टिनका स्टार लियोनेल मेस्सीको कुनै जादू वा उनले कुनै चमत्कार खेलको पूरा अवधिमा देखाउन सकेनन् । जसका कारण मेस्सीका करोडौं प्रशंसक र समर्थक निराश बनेका थिए । साविक विजेता अर्जेन्टिना उपविजेतामा सीमित भएको छ भने स्पेनले यसअघि २०१० मा उपाधि जितेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर