स्पेन बने फिफा विश्वकप २०२६ च्याम्पियन
काठमाडाैं । स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्दै विश्व फुटबलमा आफ्नो दबदबा कायम गरेको छ। फाइनलमा अर्जेन्टिनालाई १–० गोलअन्तरले पराजित गर्दै स्पेन विश्व च्याम्पियन बनेको हो भने अर्जेन्टिना उपविजेतामै सीमित रह्यो।
उपाधिसँगै स्पेनले प्रतियोगिताका व्यक्तिगत अवार्डमा पनि वर्चस्व जमायो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई प्रदान गरिने प्रतिष्ठित गोल्डेन बल स्पेनका मिडफिल्डर रोड्रीले जिते।
स्तै, प्रतियोगिताको उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने गोल्डेन ग्लोभ स्पेनका उनाइ सिमोनको नाममा रह्यो। प्रतियोगिताका उत्कृष्ट युवा खेलाडी घोषित हुँदै पाउ कुबार्सीले बेस्ट यङ प्लेयर अवार्ड जिते। उता, फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पेले प्रतियोगिताभर सर्वाधिक १० गोल गर्दै गोल्डेन बुट आफ्नो नाम गरे।
फिफा विश्वकप २०२६ का प्रमुख व्यक्तिगत अवार्ड विजेता:
गोल्डेन बल (प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी): रोड्री (स्पेन)
गोल्डेन बुट (सर्वाधिक गोलकर्ता): किलियन एम्बाप्पे (फ्रान्स) – १० गोल
गोल्डेन ग्लोभ (उत्कृष्ट गोलरक्षक): उनाइ सिमोन (स्पेन)
उत्कृष्ट युवा खेलाडी (बेस्ट यङ प्लेयर): पाउ कुबार्सी (स्पेन)
