इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश
काठमाडौं । सुपर सब लाउटारो मार्टिनेजले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गरेपछि इंग्ल्यान्डमाथि २-१ को पुनरागमन जित निकाल्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ। सुपर सब लाउटारो मार्टिनेजले दोस्रो हाफको इन्जुरी टाइमको गोल नै निर्णायक गोल बनेपछि अर्जेन्टिना विश्वकप २०२६ को फाइनल प्रवेश गरेको हो ।
अर्जेन्टिनाका लागि एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले गोल गरे । इंग्ल्यान्डका लागि एन्थोनी गोर्डनले गोल गरे । तनावपूर्ण बनेको पहिलो हाफमा दुवै टोलीले गोलका लागि अवसर बनाउन नसक्दा गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा तीन गोल भयो । खेलको ५५औं मिनेटमा इंग्ल्यान्डका एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । गोर्डनले मोर्गन रोजर्सको क्रसमा गोल गरेका थिए । तर, अन्तिम समयमा अग्रता जोगाउन नसक्दा इंग्ल्यान्ड सेमिफाइनलमै रोकिन पुग्यो ।
