नेपालले सिंगापुरलाई १५१ रनको फराकिलो अन्तरले जित्यो

काठमाडौं । नेपालले एसीसी महिला यू–१९ प्रिमियर कपमा लगातार दोस्रो जित निकालेको छ । आइतबार मलेसियाको यूएसडी यूकेएम ओभलमा नेपालले सिंगापुरलाई १५१ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

जितसँगै सूमह ‘डी’को नेपालले चार अंक जोडेको छ । दुवै खेलमा पराजित सिंगापुर अंकविहीन छ । नेपालले प्रस्तुत गरेको २०० रनको लक्ष्य पछ्याएको सिंगापुरले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाएर ४८ रन मात्र बनाउन सक्यो ।

सिंगापुरका लागि अंकिता वर्षा राजले सर्वाधिक १९ रनको योगदान गरिन् । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि अनु कडायतले तीन तथा मनिषा उपाध्याय र रिया शर्माले दुई–दुई विकेट लिए । कप्तान सोनी पाख्रिनको नाममा एक विकेट रह्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर