खेलको ६१ औ मिनेटमा अर्जेन्टिना १ गोलले अगाडि

काठमाडौं । जारी फिफा विश्वकप २०२६ अन्तर्गत अमेरिकाको कान्सास सिटी स्टेडियममा अहिले भइरहेको खेलको मध्यान्तरपछि पनि अर्जेन्टिनाले स्विट्जरल्यान्डविरुद्ध १-० को अग्रता बनाएको छ। नकआउट चरणको यस खेलमा अर्जेन्टिनाले खेलको सुरुदेखि नै बलियो पकड बनाउँदै स्विट्जरल्यान्डविरुद्ध निरन्तर दबाब सिर्जना गरिरहेको छ।

खेल सुरु भएको १०औँ मिनेटमै अर्जेन्टिनाले खेलमा अग्रता लिन सफल भएको हो। कप्तान लियोनल मेसीले हानेको कर्नर बल पेनाल्टी बक्सभित्र पुग्दा २० नम्बर जर्सीका मिडफिल्डर एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत् गोल गरेका थिए । खेल सुरु भएको ६१ औ मिनेटमा पनि अर्जेन्टिना १ गोलले अगाडि रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर