स्पेन १६ वर्षपछि फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश
काठमाडौं । बेल्जियमलाई पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ । स्पेनले बेल्जियमलाई २-१ ले पराजित गरेको हो । स्पेनका लागि फाबियन रुइजले ३० औँ मिनेटमा पहिलो गोल गरेका थिए । ४० औँ मिनेटमा बेल्जियमले गोल फर्काएको थियो ।
जारी विश्वकपमा स्पेनले समूह चरणका खेलयता पहिलोपटक गोल खायो । स्पेनविरुद्ध बेल्जियमका चार्ल्स केट्लेरेले गोल फर्काए । पहिलो हाफ १-१ को बराबरीमा सकियो । दोस्रो हाफको ८८ औँ मिनेटमा स्पेनका माइकल मेरिनोले गोल गर्दै खेललाई २-१ को स्थितिमा पुर्याए । सेमिफाइनलमा स्पेनले फ्रान्ससँग खेल्नेछ । मोरक्कोलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको थियो
प्रतिक्रिया
