मोरोक्को क्वार्टरफाइनलमा : क्यानडाको हार
काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा क्यानडालाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै मोरोक्को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। यस जितसँगै मोरोक्को विश्वकप इतिहासमा लगातार दुई पटक क्वार्टरफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेर इतिहास रच्न सफल भएको छ।
टेक्ससको ह्युस्टन स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा मोरक्कोले उत्कृष्ट पुनरागमन गर्यो। मोरक्कोका लागि स्टार मिडफिल्डर अज्जेदिन उनाहीले ५०औँ र ८२औँ मिनेटमा दुई सानदार गोल गरे भने खेलको इन्जुरी समय (९०+८ मिनेट) मा सुफियान राहिमीले तेस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
सन् २०२२ को कतारमा आयोजना गरिएको विश्वकपमा सेमिफाइनलसम्म पुगेको मोरोक्कोले यस पटक पनि आफ्नो बलियो उपस्थिति कायम राख्दै अफ्रिकी फुटबलमा नयाँ इतिहास कायम गरेको छ।
