अमेरिका बोस्निया हर्जगोभिनालाई हराउँदैे अन्तिम १६ मा
काठमाडौं । विश्वकपको आयोजक राष्ट्रमध्येको एक अमेरिकाले अन्तिम १६ को यात्रा तय गरेको छ । बोस्नियाहर्जगोभिनालाई पराजति गर्दै अमेरिका प्रि-क्वाटरफाइनल चरणमा प्रवेश गरेको हो । अमेरिकाले बोस्नियाहर्जगोभिनालाई २-0 ले पराजित गर्यो ।
फ्लोरियन बलुगनले खेलको ४४ औँ मिनेटमा गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए । त्यसअघि उनले ३१ औँ मिनेटमा पनि बललाई जाली चुमाए पनि रेफ्रीले अफसाइड संकेत गरेपछि गोलमा परिणत हुनसकेन । ७९ औँ मिनेटमा क्रिस्टिन पुलसिकको प्रहार गरेको बल पोस्टमा पसे पनि रेफ्रीले अफसाइड संकेत गरे ।
८१ औँ मिनेटमा मलिक टिलम्यानले गोल गर्दै नतिजा २-० को स्थितिमा ल्याएका हुन् । ६४ औँ मिनेटमा फ्लोरियन बलुगनले रातो कार्ड पाएका थिए । अमेरिकाले आगामी यात्राका लागि बेल्जियमसँग भिड्नेछ । बेल्जिमयले सेनेगलमाथि नाटकीय जित हातपार्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।
