मोरोक्कोले पेनाल्टी सुट आउटमा नेदल्यान्डसलाई हरायो
काठमाडौं । नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै मोरक्कोले फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ । निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा मोरक्को ३–२ ले विजयी भएको हो ।
मोरक्कोका लागि इस्माइल साइबारीले निर्णायक पेनाल्टी प्रहार गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए । मोरक्कोले अब क्वाटरफाइनल प्रवेशका लागि विश्वकपको सह-आयोजक क्यानडाको सामना गर्नेछ। मेक्सिकोको मोन्टेरे स्टेडियममा भएको एक ऐतिहासिक र रोमाञ्चक खेलको ९० मिनेट र अतिरिक्त समयसम्म दुवै टोलीले १–१ को कडा टक्कर दिएका थिए । त्यसपछिको पेनाल्टी सुटआउट निकै सनसनीपूर्ण रहेको थियो।
प्रतिक्रिया
